धनकुटामा ट्रिफर दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरी / धनकुटाको धनकुटा नगरपालिका २ नागढुङ्गास्थित कोसी राजमार्गमा ट्रिफर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रिफर चालक प्युठान मानदवी गाउँपालिका १ का २७ वर्षीय भुवन फेडी मगर र सहचालक दाङको बबई गाउँपालिका ३ का २१ वर्षीय नविन बि.क. रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आज बिहान ५ः०० बजे धनकुटाबाट वसन्तपुरतर्फ बालुवाको लोड लिएर जाँदै गरेको बा.प्र.३–००१ क ०५४९ नम्बरको हाइवा टिफर बाटोभन्दा अन्दाजी २५ मिटर तल झरी दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनास्थलमा प्रहरी चौकी हिले र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया