कुटपिटबाट एक जनाको मृत्यु, कुटपिटमा संग्लग्न पक्राउ

इटहरी / संखुवासभाको खाँदवारी नगरपालिका–१ का ४० वर्षीय महेश राईको कुटपिटबाट मृत्यु भएको छ भने कुटपिटमा संग्लग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुङदेल–३ खोटाङ घर भई सोही स्थानमा डेरा गरी बस्ने २८ वर्षीय शम्भु राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार मृतक र अभियुक्तबीच पौष २६ गते राति वादविवाद भएको र विवादकै क्रममा शम्भु राईले कुटपिट गर्दा महेश राई घाइते भएका थिए ।

घाइते भएका राईको बुधवार बिहान मृत्यु भएको हो । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ । हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया