इटहरी / सुनसरीको इटहरी उप–महानगरपालिकाको बसपार्क एरियाबाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानबाट लागूऔषध ट्याब्लेटको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले सिरहाको लाहान नगरपालिका–१ का ४८ वर्षीय डोमा मण्डललाई पक्राउ गरेको हो ।
मण्डलको साथबाट प्रहरीले कोरेक्स ५० बोतल तथा नाईट्रोसन ६०० ट्याब्लेट बरामद गरेको छ । लागूऔषधसहित पक्राउ परेका मण्डलको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।