नियन्त्रित लागूऔषध ब्राउनसगुरसहित महिला पक्राउ

इटहरी / मोरङको रतुवामाई नगरपालिका–३ महादेवाबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानबाट लागूऔषध ब्राउनसगुरको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार राति पौने ८ बजे झापाको गौरीगञ्ज गाउँपालिका–५ की ३५ वर्षीया सरस्वती शाहलाई १८ ग्राम ब्राउनसुगर र ५ लिटर कोरेक्ससहित पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया