ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

इटहरी / सुनसरीको रामधुनी नगरपालिका–७ मा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका २५ वर्षीय उमेश चौधरी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिजो अपराहन्न ३ः४५ बजे सेउती खोलामा को.२त ७६०४ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा इन्जिनको भागले किचेर गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया