कानेपोखरीको जङ्गलमा पुरुषको शव फेला

इटहरी \ शुक्रबारदेखि घरबाट हराइरहेका एक पुरुषको मोरङको कानेपोखरीस्थित जङ्गलमा शव फेला परेको छ ।

मृत फेला पर्नेमा जिल्लाकै रमाइलो घर भएका ६३ वर्षीय मात्रिका धिमाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार जङ्गलबाट दाउरा लिन गएका धिमाल सम्पर्कविहीन भएकोमा हिजो बिहान ९ः०० बजे मृत फेला परेका हुन् ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मुचुल्का संकलन गरी शव पोस्टमार्टमका लागि मदन भण्डारी मेमोरियल अस्पताल मङ्गलबारे पठाइएको उनले बताए । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया