पथरी / सुनबर्शी नगरपालीकाका १ सय २ बाढि पिडितलाई टर्कि सरकारको सहयोगमा हेस्रा नेपालले राहत वितरणर छ । टर्कि सरकारको सहयोगमा हेस्रा नेपालले राहत उक्त राहत वितरणर गरेको हो । बक्रा खोलाबाट पिडित बनेका मोरङको सुनबर्शी नगरपालीका वडा नं. २ का बाढि पिडितहरुलाई तत्कालका लागि उक्त राहत उपलब्ध गराएको हो ।
हेस्रा नेपाल नेपालमा भैपरि आउने हावा हुरी, बाढि, भुकम्प तथा समाजका पिछडिएको वर्गका क्षेत्रमा काम गर्दै आएको छ । हेस्रा नेपालले बक्रा खोलाबाट पिडीत बनेका विपन्न वर्गालाई प्रति परिवार २५ केजि चामल, २/२ केजी नुन, तेल, चिनि, दाल र चिउरा राहत बितरणर गरेको हो ।
खान लाउन आपत विपत परेका एकल महिला, अपाङ्ग, गरिव तथा विपन्न वर्गमा जोखिमको समयमा तत्कालै सानो राहत सहयोग गरेको हेस्रा नेपालका माहासचिव अब्दुल मनानले बताए ।
हेस्रा नेपालले सुनवर्शी मोरङका ३ सय २० वाढि पिडितका लागि सहयोग लिएर आएको हेस्रा नेपाल मोरङ संयोजक डाक्टर सरिफले बताए । संचारकर्मी सरस्वती खड्काको सहयोग र हेस्रा नेपालका फिल्ड रिपोटर अन्वारको पहलमा १ परिवारलाई ३ हजार बराबरको राहत सामाग्री वितरण गरेको छ ।