उदयपुरबाट गाँजा सहित २ जना पक्राउ

उदयपुर / उदयपुर चौदण्डिगढी नगरपालिका ४ नमुना चौकबाट गाँजा सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका ९ कमलपुर का २९ बर्षिय जिबछ मण्डल र १९ बर्षिय रुपेश कुमार सरदार रहेका छन् ।

बुधवार बेलुका साढे ४ बजे ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा स.११ प ९७९ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुको साथबाट ६ सय ग्राम गाँजा बरामद गरेको हो । पक्राउ परेका दुबैजनालाई मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया