मोरङकाे पथरीबाट लागुऔषध सहित २ जना पक्राउ

मोरङ / मोरङकाे पथरीबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पथरीशनिश्चरे नगरपालिका १ बुद्ध चौकबाट लागु औषध सहित २ जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पथरीशनिश्चरे २ का २० बर्षिय सल बहादुर गुरुङ र २० बर्षिय सागर गोसनी रहेका छन् । बुधबार बेलुकी पौने ४ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा उनिहरुलाई लागु औषध ट्रमाडोल १४८ ट्याब्लेट र स्पास्पेन १०९ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पथरीले बताएकाे छ ।

तपाईको प्रतिक्रिया