सङ्खुवासभामा भरुवा बन्दुकसहित एक जना पक्राउ

संखुवासभा / जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । सङ्खुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर ५, खमारेबाट ५६ वर्षीय रामबहादुर राईलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

मङ्गलबार जिल्ला प्रहरी कार्यालयले विशेष सूचनाका आधारमा राईको घरमा खानतलासी गर्ने क्रममा गोठमा परालले छोपेर लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । बन्दुकसहित पक्राउ परेका राईका विषयमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया