जबर्जस्ती करणीगरी पक्राउ परेका आरोपितलाई छुटाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ

काठमाडौं / जबर्जस्ती करणी उद्योगका प्रतिवादीलाई छुटाइदिन्छु भन्दै ठगी गर्ने १ महिला युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रविना थापा रहेकी छन् । उनीहरुले जबर्जस्ती करणी उद्योगका प्रतिवादी एक चाईनिज नागरिकलाई छुटाइदिन्छु भन्दै उनकी श्रीमतीसँग २० लाख रुपैयाँ ठगि गरेका थिए ।

ती नागरिक जबर्जस्ती करणी उद्योग मुद्दामा असार १८ गते पक्राउ परेका थिए । उनी हाल पुर्पक्षको लागी डिल्लीबजार कारागार चारखाल थुनामा रहेका छन् ।

उनकी श्रीमती कमला भुसाल चितवन रत्ननगर घर भइ काठमाडौंको बुढानिलकण्ठ बस्दै आएकी छन् । उनले दिएको जाहेरीको आधारमा महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया