झापामा तास खेल्दै गरेको अवस्थामा ७ जना पक्राउ

झापा / झापामा तास खेल्दै गरेको अवस्थामा ७ जना पक्राउ परेका छन् । दमक नगरपालिका ६ फागुनन्द चौक स्थित पवन लिम्बुको परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा ७ जना नगद सहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा होटल संचालक दमक नगरपालिका ६ का ५० बर्षिय पवन लिम्बु, दमक १ का ३५ बर्षिय भक्तीश्वर देवान, दमक २ का ४५ बर्षिय प्रमोद लिम्बु, दमक ९ का ३५ बर्षिय रमेश महतो, पाँचथर फाल्गुनन्द ८ का ४२ बर्षिय बबिन सुब्बा आङदेम्वे, ईलाम चुलाचुली १ का ४३ बर्षिय रुपचन्द्र राई र मोरङ पथरीशनिश्चरे १ का ४७ बर्षिय राज कुमार श्रेष्ठ रहेका छन् ।

हिजो बेलुकी साढे ४ बजे बिशेष सुचनाको आधरमा उनिहरुलाई तास खेलिरहेकै अवस्थामा नगद रु.१ लाख ५७ हाजर र तीन बुङ तास सहित ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कर्यालय दमकले बताएकाे छ ।

तपाईको प्रतिक्रिया