लागूऔषध मुद्दामा फरार इटहरीका रामप्रवेश पक्राउ

इटहरी / लागूऔषध मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १ का ४२ वर्षीय रामप्रवेश विक रहेका छन् । उनलाई लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङले दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाए पनि विक फरार थिए । अदालतले २०७५ साल फागुन १५ गते उनीविरूद्धको मुद्दामा फैसला गरेको हो ।

विकलाई मोरङ प्रहरीले पक्राउ गरेर अदालतमा पेस गरेको छ । अदालतमा पेस गरिएसँगै विकलाई कैद सजाय भुक्तानका लागि आइतबार नै कारागार समेत चलान गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया