प्रदेश १ को मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त

विराटनगर / अधिवक्ता भोजराज श्रेष्ठ प्रदेश १ को मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्र राईले श्रेष्ठलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री भीम आचार्यले गत कात्तिक १५ गते संसद्‍बाट राजीनामा दिएपछि तत्कालीन मुख्य महान्यायाधिवक्ता चूडामणि आचार्यले पदबाट राजीनामा दिएका थिए । मुख्य महान्यायाधिवक्तालाई मुख्यमन्त्रीको कानुनी सल्लाकारको रूपमा लिने गरिन्छ ।

राजनीतिक नियुक्ति भएकाले सरकार परिवर्तन हुँदा मुख्य न्यायाधिवक्ता समेत नयाँ आउने गरेका छन् । अर्को दलको नेतृत्वमा सरकार बनेपछि पदमा बहाल रहिरहन नैतिक रूपमा अप्ठेरो पर्ने र नयाँ सरकारलाई काम गर्न बाटो खोलिने प्रचलनका कारण सरकार परिवर्तन भएपछि राजीनामा दिने गरिन्छ ।

नव नियुक्त महान्यायाधिवक्ता श्रेष्ठ सुनसरीको इटहरीको जनता बहुमुखी क्याप सका पूर्वक्याम्पस प्रमुख समेत हुन् । महान्यायाधिवक्ता श्रेष्ठले भोलि शपथ ग्रहण लिने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया