बिराटनगरबाट लागुऔषध सहित २ जना पक्राउ

मोरङ / मोरङ बिराटनगरबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका १३ नहर स्थितबाट लागुऔषध सहित २ जनालाई पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगर पालिका १५ का २६ बर्षीय मनोज पोखरेल र २८ बर्षीय कपिल गिरी रहेका छन् । शनिबार बेलुकी ५ बजे CRV जतुवाबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाईजाल्याब १२ एम्पुल, एभिल ६ सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाकाे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रानीले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया