पाँचथरमा भालुको आक्रमणबाट वृद्धको मृत्यु

पाँचथर / भालुले आक्रमण गर्दा पाँचथरको फालेलुङ गाउँपालिका–३ मा एक वृद्धको ज्यान गएको छ । फालेलुङ–३ खोलाघारीका ८२ वर्षीय रामकुमार राईको मृत्यु भएको हो । उनलाई आज बिहान ८ बजे भालुले आक्रमण गरेको थियो । फालेलुङ–३ ठेप्चेमा गोठमा एक्लै बस्दै आएका वृद्वलाई गोठबाट खर्कतिर गाईवस्तु खेद्‍ने क्रममा भालुले आक्रमण गरेको थियो ।

वृद्वको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले जानकारी दिए । राईको शव परीक्षणका लागि सदरमुकाम ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) राकेश थापाले बताए ।

तपाईको प्रतिक्रिया