उदयपुरमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु, तीन जना घाइते

उदयपुर / उदयपुरमा विहिबार विहान ८:५० ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका ६ दनुवारबेसीमा प्र.नं.२–०१–००१त १०८३ नम्बरको ट्याक्टरमा सवार त्रियुगा नगरपालिका ९ गैहरुनका ४० वर्षिय बौका सदा भएको थियो । घाइते बौका सदाको जिल्ला अस्पताल उदयपुरमा विहान १०:५० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै मृतकका श्रमिति ४० वर्षिय नारायण वत्ति सदाको शरिरको विभिन्न भागमा चोट पटक लागेकोले अवस्था गम्भिर रहेको छ । सोही ठाउँका १६ वर्षिय सुकुन सदा र चालक त्रियुगा नगरपालिका १० करमगाछीका २० वर्षिय दिवस सार्की घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि विराटनगर रेफर गरिएको छ ।

ट्याक्टरमा १९ जना सबार थिए । उनीहरु सवै गाईघाटबाट ताप्ली गाउँपालिका रुपाटारमा भवन ढलानको लागि जाँदै गरेको अवस्थामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।

तपाईको प्रतिक्रिया