मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोरङ / मोरङको लेटाङ नगरपालिका-९ मा आज बिहान मोटरसाईकलले ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको छ । बिहान साँढे ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाईकलले स्थानीय ५० बर्षीया अम्बिका ढकाललाई ठक्कर दिंदा मृत्यु भएकाे हाे ।

दुर्घटनामा घाईते भएकी ढकालको उपचारको क्रममा बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ ।

तपाईको प्रतिक्रिया