बाढीले इन्टेक र पाइप बगाएपछि पाँचथरको सदरमुकाम फिदिममा खानेपानीको हाहाकार

पाँचथर / गत एक हप्ता अघि आएको अविरल वर्षाका कारण वाढीले पानीको इन्टेक तथा पाइप बगाएपछि पाँचथरको सदरमुकाम फिदिममा अहिले खानेपानीको हाहाकार भएको छ । गत कार्तिक १ र २ गते आएको भिषण अविरल वर्षाले इन्टेक तथा पाइप बगाएपछि खानेपानीको हाहाकार भएको हो ।

रानीटार र लुङरुपाको आप्तुवा खोला बाट ल्याइएको खानेपानीको मुहानको इन्टेक पुरेको र २ सय मिटर पाइप वगाएर क्षतिग्रस्त भएपछि अहिले मर्मतको काम भइरहेको फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितीका कार्यालय प्रमुख छवि कार्कीले बताए । मर्मत सम्भार पश्चात अझै एक हप्ता पछि मात्रै पानी वितरण गर्न सकिने उहाँले बताए ।

अहिले विकल्पको रुपमा बर्मेली,सिस्ने मुहान बाट पानी वितरणको काम गर्न लागिएको उहाँले बताउनुभयो । फिदिम बजारका २ हजार १ सय घरधुरीका झण्डै दश हजार स्थानिय खानेपानी नहुँदा समस्यामा परेका छन् ।

तपाईको प्रतिक्रिया