इटहरीकाे पानीपियादेखि बाढीले बगाएका पुरूष मृत फेला

इटहरी / मंगलबार दिउँसो तरहराको पानीपियादेखि बाढीले बगाएका पुरूष मृत फेला परेका छन् । इटहरी २ शान्तिनगरका ३१ वर्षीय सन्तोष तिवारी (योगेन्द्र) इटहरी १ आँपगाछी नजिकै मृत फेला परेका हुन । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकाे प्रहरीले जनाएको छ । मंगलबार दिउँसो तरहराबाट घर जाने क्रममा उनलाई बाढीले बगाएको थियो ।

तपाईको प्रतिक्रिया