ताप्लेजुङको ल्याङबामा जीप दुर्घटना हुँदा १० जना घाईते

ताप्लेजुङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङ काबेली सडकखण्डको ल्याङबामा मे१ज २०५६ नम्वरको बोलेरो जीप दुर्घटना हुँदा १० जना घाईते भएका छन्। ती मध्ये ७ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।

रेफर गरिएकामा फुङलिङ नगरपालिका ४ का ३८ वर्षीय चन्द्र बस्नेत, ३१ वर्षीया नम्रता बस्नेत, १३ वर्षीय रिपब्लिक बस्नेत, ७ वर्षका रोमन बस्नेत, १७ वर्षीय अब्दुल अरी, सिरीजंघा गाउँपालिका ८ का ३० वर्षीय सन्तमाबो लिम्बू र चालकफुनपा ८ का ३८ वर्षिय डिल्ली विक्रम सुनुवारलाई जिल्ला अस्पताल ताप्लेजुङले सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख भिम खत्रीले जानकारी दिए ।

खत्रीका अनुसार जीपमा सवार अन्य ७ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र केहिको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ । सदरमुकाम फुङलिङबाट तेल्लोकतर्फ जाने क्रममा फुङलिङ नगरपालिका ७ दोखु ल्याङवाको पुछार ट्रनिङमा जिप दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल भएर झरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया