रुखबाट लडेर बराहक्षेत्रमा एक जनाको मृत्यु

इटहरी / रुखबाट लडेर सुनसरीकाे बराहक्षेत्रमा एक जनाको मृत्यु भएकाे छ । बराहक्षेत्र नगरपालिका ७ संगम चौकका ४७ बर्षीय अर्जुन खड्काको रुखबाट लडेर मृत्यु भएको हाे ।

आज बिहान बराहक्षेत्र नगरपालिका ८ स्थित मा रहेको जंगलमा साजको रुखमा चढी बाख्रालाई घाँस काट्ने क्रममा अचानक लडि घाइते भएका उनको घोपा धरानमा उपचारको क्रममा बिहान ९ बजे मृत्यू भएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले बताएकाे छ ।

तपाईको प्रतिक्रिया