श्रीमतीको हत्या अभियोगमा श्रीमान भोजपुरबाट पक्राउ

भोजपुर / श्रीमती हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका ५ का स्थानीय ४० वर्षीय फराछेतर शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

घरयासी विवाद हुँदा ४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको अभियोग प्रहरीले फराछेतरलाई पक्राउ गरेको जनाएको छ । फराछेतरले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि फरार रहेका उनलाई सोही ठाउँको बाखु भन्ने स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो । मृतकको सब पोष्टमार्टमको लागि संखुवासभा अस्पताल पठाएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया