इटहरीबाट यार्सागुम्बा सहित २ जना पक्राउ

इटहरी / सुनसरीको ईटहरी उप-महानगरपालिका-६ धरान लाईनबाट दुर्लभ बनस्पती यार्सागुम्बा सहित २ जना पक्राउ परेका छन् । सो स्थानमा दुर्लभ बनस्पती यार्सागुम्बाको अबैध रुपमा कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रादेशिक अनुसन्धान समूह (RIT) विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीवाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका-४ का २७ बर्षीय समिर गुरुङ र संखुवासभाको चैनपुर नगरपालिका-४ का ३२ बर्षीय श्याम कुमार लिम्बु रहेका छन् ।

३ केजी दुर्लभ बनस्पती यार्सागुम्बा सहित आईतवा उनीहरुलाइ पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । यार्सागुम्बा सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि तरहरा सव डिभिजन वन कार्यालय पठाइएको तथा सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया