थुनुवा मृत्यु प्रकरणमा जिल्ला प्रशासन सुनसरीमा सर्वपक्षीय बैठक बस्दै

इनरुवा / जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा थुनुवा मृत्युको विषयलाई लिएर सुनसरी प्रशासनमा सर्वपक्षीय बैठक डाकिएको छ । बैठक थुनुवाको मृत्यु पश्चात चर्केको माहोल साम्य पार्ने विषय केन्द्रीत रहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसिरहेको छ । सो बैठकमा सुरक्षा निकायका प्रमुख सहित राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

बैठकले शवको अन्त्यष्टीको विषयसँगै घटनाको छानविन र क्षतिपूर्ति लगायतको विषय टुङ्ग्याउने बताइएको छ । घटनालाई अतिरञ्जित गर्ने प्रयास भैरहेको तर्फ संकेत गर्दै सहभागिले सद्भाव कायम राख्न सर्वपक्षीय छलफलको आवश्यक्ता औल्याएका छन ।

बैठकले प्रहरी हिरासत भित्र युवकको मृत्यु घटनासँगै बबियामा रहेको युवतीको घरमा भएको आगजनीको विषय उपर समेत छानविन हुनुपर्ने माग गरेको छ ।
उता प्रजिअ यादवले सर्वदलीय बैठकको निष्कर्श अनुसार अघि बढ्ने बताएका छन । उनले घटनाक्रम बुझेर अघि बढ्ने प्रतिकृया दिएका छन । यादवले गठित छानविन समितिको प्रतिवेदनका आधारमा थप निर्णयमा पुग्ने बताए ।

प्रजिअ यादव सुनसरी प्रजिअका रुपमा कार्यभार सम्हाले लगत्तै प्रशासनमा डाकिएको सर्वपक्षीय बैठकमा सहभागि बनेका हुन । यता हिजो असामान्य बनेको इनरुवा बजार आजभने सामान्य बनेको छ । यद्यपि,बजार क्षेत्रमा आज समेत सुरक्षाकर्मीको उपस्थिति भने बाक्लो रहेको छ । मृतकको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याएर पोष्टमाटम गरिएको छ । प्रशासनसँग हुने सहमतिका आधारमा शव अन्त्यष्टीका लागि घर ल्याइने बताइएको छ ।

तपाईको प्रतिक्रिया