वालिकाको मृत्यु भएपछि पाँचथर अस्पताल दिनभर तनावग्रस्त

पाँचथर र उपचारको क्रममा एक बालिकाको ज्यान गएपछि जिल्ला अस्पताल पाँचथर आज दिनभर तनाबग्रस्त बनेको छ । इन्जेक्सन लगाए लगत्तै तीन बर्षीया बालिका कृष्टिना थाम्सुहाङको निधन भएपछि मृतकका आफन्तले छानबिनको माग गर्दे आक्रोशित बनेका हुन् । फालेलुङ गाँउपालिका ८ स्थायी घर भई फिदिम नगरपालिका २ पल्लोटारमा बसोबास गर्दै आएका मृतक बालिका कृष्टिनाका बुवा कमल थाम्सुहाङले स्वास्थ्यकर्मीको लापरबाहीका कारण छोरीको ज्यान गएको आरोप लगाएका छन् ।

‘सामान्य खोकी र ज्वरो आएपछि उपचारका लागि मंगलबार बिहान कृष्टिनालाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यकर्मीले कृष्टिनालाई इन्जेक्सन लगाउने बित्तिकै उनी बेहोस बनिन् ।’ इन्जेक्सन लगाउने बित्तिकै बेहोस बनेकी कृष्टिनाको केही समयमै ज्यान गएको उनका काका युवराज थाम्सुहाङले बताउनुभयो ।

अस्पताल आएपछि स्वास्थमा सुधार आएर आजै डिस्चार्च गर्न लागिएकी कृष्टीकालाई राउण्डमा आएका चिकित्सकले सुइ लगाइदिए लगत्तै निधन भएको हो । बेडमा आमासँग गफ गर्दै खाजा खाएकी कृष्टिना सुइ लगाउने बित्तिकै चिच्याएर बेहोस भएरको २ मिनेट नबित्दै निधन हुनुमा स्वास्थकर्मीको लापरबाहि भएको काका युवराजको भनाई छ ।

अस्पतालले चित्तबुझ्दो जवाफ सहित घट्नाको यथार्थ सार्वजनिक नगरेसम्म शव नबुझ्ने उनीहरुको भनाई छ । स्वास्थकर्मीहरुले भने एनाफाइलाटिक सकका कारण बालिकाको निधन भएको हुनसक्ने बताएका छन् ।समस्या समाधानका लागि ५ घण्टादेखि बार्ता जारी रहेपनि कुनै निश्कर्ष निस्केको छैन ।

तपाईको प्रतिक्रिया