कांग्रेसको महाधिवेशन : खोटाङमा पालिका अधिवेशनको निर्वाचन जारी

खोटाङ / खोटाङका १० वटै स्थानीय तहमा कांग्रेसको नगर÷गाउँपालिका अधिवेशन सुरु भएको छ । कतिपय पालिकामा सहमतीय तथा कतिपय स्थानीय तहमा चुनावी प्रक्रियाका माध्यमबाट नगर÷गाउँपालिकाको नेतृत्व चयनको प्रक्रियाअघि बढेको छ ।

ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका र रावाबेँसी गाउँपालिकामा सहमतीय ढंगले नेतृत्व चयनको प्रयास भइरहेको छ । अन्य आकांक्षी देखिए पनि ऐसेलुखर्क गाउँपालिकामा सन्तवीर तामाङ, बराहपोखरी गाउँपालिकामा खिलाराज राई र रावाबेँसी गाउँपालिकामा फटिक श्रेष्ठ सहमतिमै पालिका सभापतिमा चयन हुने निश्चितजस्तै भएको छ । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अमृत गिरी कांग्रेसको पालिका सभापतिका बन्ने बलियो सम्भावना छ । दिप्रुङमा याम्खा वडाअधिवेशनको विवादका कारण गाउँपालिका अधिवेशन छलफलकैक्रममा छ ।

अन्य स्थानीय तहमा भने मतदानको प्रक्रिया सुरु भएको कांग्रेसले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगर सभापतिका लागि प्रकाश श्रेष्ठ र रामचन्द्र राई चुनावी मैदानमा उत्रिएका छन् । हलेसी तुवाचुङ नगरपालिकाको सभापतिमा चक्रकुमार राई र रमेश राउतबीच प्रतिष्पर्धा हुँदै छ ।

केपिलासगढी गाउँपालिकामा हेमन्त राई र गोपाल राई, साकेला गाउँपालिकामा राम साम्पाङ, विजय गुरुङ र सिजन राई, खोटेहाङ गाउँपालिकामा राजु ढकाल र प्रेम थापा, जन्तेढुंगा गाउँपालिकामा बाजिन्द्र बिष्ट र अमित राईबीच प्रतिष्पर्धा हुने कांग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया