व्यापारी मृत्यु प्रकरण दुईजना पक्राउ

बैतडी / बैतडीको सूर्नया गाउँपालिका ४ स्थित शनसेरी माण्डौँका व्यापारी मृत्यु प्रकरणमा दुईजना पक्राउ परेका छन् । सूर्नया ४ लेकडाँडाका ६ वर्षका कमलसिंह महरा बिहीबार बिहान मृत अवस्थामा भेटिएपछि अनुसन्धानका लागि पुगेको प्रहरीको टोलीले हत्या आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका व्यक्तिहरूको परिचय प्रहरीले खुलाएको छैन् । घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

मृतक महराको शरीरभरी चोटपटक र निलडामका साथै टाउको र छातीमा गम्भीर चोट रहेकाले उनको हत्या भएको आशंका गरिएको छ । मासु पसल सञ्चालन गर्दै आएका मृतक महराको आफ्नो पसल बन्द रहेको पाइएको छ भने उनको शव दुई सय मिटर टाढा राम महरा र हिक्मत महराको पसल अगाडि भेटिएको थियो ।

मृतकको शव पोष्टमार्टका लागी जिल्ला अस्पताल बैतडी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतक महराको घरमा श्रीमति, दुई छोरा, एक बुहारी र दुई नातिनी छन् ।

तपाईको प्रतिक्रिया