बैतडीमा व्यापारी मृत फेला, हत्याको आशंका

बैतडी / बैतडीको सुर्नया गाउँपालिका-४ सन्सेरीमाडौँ बजारमा मासु पसल संचालन गर्दै आएका एक व्यापारी मृत भेटिएका छन् । सुर्नया-४ लेकडाँडाका स्थानीय रहेका ४५ वर्षीय कमलसिंह महरा आज बिहीबार बिहान पसल नजिकै मृत फेला परेकाे प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

महराकाे शव स्थानीयले बिहीबार बिहान साढे ६ बजे देखेपछि प्रहरीलाई खबर गरेका थिए ।स्थानीय गणेश भाटका अनुसार मृतकको शव राम महरा र हिक्मत महराको पसल अगाडि भेटिएको हो ।

मृतकको टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ । मृतकको टाउको, छाती र शरिरका बिभिन्न भागमा चोटपटक रहेकाले घटनाको सुक्ष्म ढंगबाट छानबिन गरिनुपर्ने स्थानीय प्रताप महराले बताए । इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थल पुगेकाे छ । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरी निरीक्षक शाहीले बताए ।

तपाईको प्रतिक्रिया