बेलबारीमा साबित्री सुवेदी सहितको प्रर्दशन, रोजिनाको हत्यारालाई कारबाहीको माग

बेलबारी / सलकपुरकी रोजिना गिरीको हत्या भएको भन्दै आफन्त र स्थानीयद्धारा ईलाका प्रहरी कार्यलय बेलबारी अगाडी आधा घण्टा प्रर्दशन गरेका छन् ।
प्रर्दशनका कारण केहीसमय पुर्बपश्चिम लोृकमार्ग अबरुद्ध भएको थियो । प्रहरीले सो भिडलाई हटाएपछि केही सडक सुचारु भएको छ । प्रर्दशनमा महिला अधिकारकर्मी साबित्री सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

रोजिनाको हत्या भएको भन्दै हत्यारालाई पक्राउ गरी कारबाहीको माग सहित उनीहरुले प्रर्दशन गरेका हुन । सुन्दरहरैँचा वडा नं ८ सलकपुरमा आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी रोजीना गिरीको आत्महत्या नभई हतय भएको आफन्तले आरोप लाएका छन् ।

सोमबार उर्लाबारीबाट किटानी जाहेरी दिन इलाका प्रहरी कार्यालय बेलबारी आएका उनका आफन्तले सो दाबी गरेका हुन । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले रोजी घरको आफ्नै कोठाभित्र चुकुल लगाइएको अवस्थामा मृत भेटिएको बताएका छन् । घटनाको प्रकृति हेर्दा आत्महत्या नै देखिएको, बाँकी कुरा पोस्टमार्टमको रिपोर्ट आए पछि मात्र भन्न सकिने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया