पथरीको सेल्फी रोडमा यौन क्रियाकलाप गर्ने एकजोडी पक्राउ

पथरी । पथरी शनिश्चरे नगरपालिका २ मा रहेको सेल्फी रोडबाट यौन क्रियाकलापमा लिप्त भइरहेको एक जोडीलाई प्रहरीले पक्राउ परेको छ । गत भदौ ३० गते अपरान्ह साढे ४ बजेको समयमा रोड किनारमा यौन क्रियाकलापमा संलग्न भइरहेको एक अधबैसे जोडीलाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउना साथ इलाका प्रहरी कार्यालय पथरीको टोलीले अटो सहित सेल्फी रोडबाट उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेहरुमा उर्लाबारी स्थायी ठेगाना भएका आटो चालक वर्ष ४० का पुरुष रहेका छन् भने पथरी शनिश्चरे नगरपालिका स्थायी ठेगाना भएकी वर्ष ३२ की महिला रहेकी छिन् ।

उर्लाबारी स्थित मंगलबारेबाट अटोमा चढेर पथरी शनिश्चरे घर हिडेकी ति महिला र अटो चालक सो स्थानमा पुगेपछि यौनक्रियाकलापमा संलग्न भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका दुवैले महिलालाई घर पुर्‍याउने क्रममा सो क्षेत्रमा अवान्छित गतिविधीमा संलग्न पाइएको प्रहरीले जनाएको छ ।

उनिहरुलाई सार्वजनिक स्थलमा अश्लिल क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरी कार्वाही अगाडी बढाएको जनाएको छ । स्थानिय चौतारी सामुदायिक वन क्षेत्रमा पर्ने सो रोड करिब ढेड वर्ष अघि देखि सामाजिक संजाल टिकटक र सेल्फी पारखीहरुका लागि गन्तव्य स्थल बन्दै आएको छ ।

तपाईको प्रतिक्रिया