कोसी अस्पतालमा बेहोस भएर ढलेका पुरुषको उपचारका क्रममा मृत्यु

विराटनगर / विराटनगरको कोसी अस्पतालमा बेहोस भएर एक्कासि ढलेका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । अस्पताल परिषरमै बेहोस भएर ढलेका अन्दाजी ३५/४० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पहिचान खुल्न सकिरहेको छैन । प्रहरीले पहिचानको प्रयास भइरहेको जनाएको छ ।

बेहोस भएर अस्पताल प्रशासननजिकै बिहीबार दिउँसो १:३० बजेतिर ढलेपछि उनलाई तत्काल उद्धार गरेर उपचारका लागि आकस्मिक कक्षमा लगिएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले अपरिचित पुरुषको उपचारकै क्रममा दिउँसो २ बजेतिर मृत्यु भएको बताए । उनका अनुसार मृतक अस्पतालमा उपचारका लागि आएका हुन् कि अरु नै कामले आएका थिएभन्ने बारेमा पनि खुल्न सकिरहेको छैन ।

तपाईको प्रतिक्रिया