विराटनगरबाट अवैध सामानसहित एक जना पक्राउ

विराटनगर / प्रहरीले विराटनगरबाट अवैध सामानसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट भन्सार छली गरेर ल्याइएको अवैध सामानसहित विराटनगर महानगरपालिका(९ का ३२ वर्षीय नवीन जैन पक्राउ परेका हुन् ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार तस्करी गरेर ल्याएको सामान भण्डारण गर्ने गरेको सूचनाका आधारमा जैनले सञ्चालन गरेको गोदाममा छापा मारिएको थियो ।

गोदाममा पाँच लाख ६५ हजार आठ सय पाँच ﾿पैयाँ बराबरको अवैध सामान फेला परेपछि जैनलाई पनि पक्राउ गरिएको जानकारी श्रेष्ठले दिए । उनका अनुसार जैनको गोदामबाट एक सय ८२ वटा काटुनमा रहेको दुई हजार एक सय ८४ किलो मिसिरी, १४ वटा काटुनमा रहेको एक सय ४० किलो काजु, तीन सय ७५ किलो पापड र ३० वटा बोरामा रहेको २४ किलो पानीपुरी बरामद गरिएको छ ।

दुई लाख ६२ हजार ८० ﾿पैयाँ बराबरको मिसिरी, एक लाख ८२ हजारको काजु, ९३ हजार छ सयको पानीपुरी र २८ हजार एक सय १५ ﾿पैयाँ बराबरको पापड बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएको पाँच लाख ६५ हजार आठ सय पाँच ﾿पैयाँ बराबरको अवैध सामानसहित गोदाम सञ्चालक जैनलाई आवश्यक कारबाहीका लागि बिहीबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी डीएसपी श्रेष्ठले दिए ।

तपाईको प्रतिक्रिया