विराटनगरबाट ९ किलो गाँजा र मोटरसाइकल बरामद

विराटनगर / सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१८ बाट ९ किलो गाँजा र गाँजा तस्करीमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरी बल बीओपी जहदाबाट खटिएको टोलीले विराटनगरको झटियाइबाट जतुवातर्फ जाँदै गरेको को ३३ प ६६८० नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीलाई देखेपछि मोटरसाइकलमा रहेकाहरु फरार बनेका थिए ।

मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा त्यहाँ रहेको जेब्रा झोलाभित्र ९ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बाताए । उनका अनुसार गाँजा र मोटरसाइकल सोमबार दिउँसो बरामद गरेर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ ।

गाँजा र मोटरसाइकल छाडेर फरार बनेकाको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको जानकारी एसपी पौडेलले दिए । सशस्त्र प्रहरीले लागुऔषध गाँजा नेपालबाट भारततिर तस्करी गरेर लैजान खोजिएको हुनसक्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया