पहिरोले अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा

सिन्धुपाल्चोक / अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा आएको छ । पहिरोका कारण अवरुद्ध सडक सोमबारबाट सञ्चालनमा आएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए।

मेलम्ची पारी झुलुङे पुलदेखि यातायातको साधन सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ । यसअघि पनि पटक–पटक अवरुद्ध सडक सञ्चालनको प्रयास गरे पनि लगातर वर्षाका कारण सञ्चालनमा ल्याउन नसकेको धितालले बताए ।

सडक सञ्चालनमा आएसँगै भोताङ, गुन्सा, मानेखर्क, थाङ्पालकोट लगायत माथिल्लो भेगमा पुग्नको लागि सहज भएको छ । सामाजिक सञ्जालमार्फत सडक खुलाइदिन नगरपालिकालाई थाङ्पालवासीले सार्वजानिक रुपमा अपीलसमेत गरेका थिए । पहिरोका कारण सडक अवरुद्ध हुँदा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकहरुले सास्ती भोग्नु परेको थियो ।

तपाईको प्रतिक्रिया