बेलबारीमा बारम्बार बिद्युत कटौति हुन थालेपछि स्थानिय आक्रोशित

बेलबारी / पछिल्लो केही सातायता बेलबारी र आसपासका क्षेत्रमा अनियमति रुपमा बिद्युत कटौती हुन थालेपछि स्थानीयहरु आक्रोशित बनेका छन । केहीदिनयता बढेको अत्याधिक गर्मी र अनियमित विद्युत कटौतिका कारण स्थानीय आर्जित बनेका छन ।

शनिबार दिउँसोबाट बिना सुचना बिद्युत काटियो,अत्याधिक गर्मीका कारण स्थानीय बासिन्दाले दिनभर र रातभर बिद्युत पर्खिदा समेत लाईन आएन,राति करिब १ बजेमात्र लाईन आयो । त्यसपछि पनि लाईन नियमित भएन । आईतबार समेत झयाप झयाप लाईन गईरहयो,नेपाल बिद्युत प्राधिकरण बेलबारी बितरण केन्द्रले सुचना जारी गर्दै मर्मतका लागि भन्दै सोमबार र मंगलबार बिहान ५ देखि ८ बजेसम्म बिद्युत अबरोध हुने सुचना जारी गर्यो । मर्मत गर्नुपर्ने समयमा त ठिकै हो,जुनसुकै समयमा बिद्युत काँटिदा भने गर्मी मौसममा स्थानीय आर्जित बनेका छन ।

लाईन गएपछि बितरण केन्द्रले सुचना समेत सबै समयमा उपलब्ध नगराउने र टेलिफोन समेत नउठाउने र जानकारी नदिने गरेका कारण झन समस्या हुने गरेको स्थानीय गुनासो गर्छन । केही सातायता भएको अनियमित बिद्युत कटौतीका कारण सेवाग्राही हैरान भएका छन । यसैबिच नेपाल विद्युत प्राधिकरणको बेलबारी वितरण केन्द्रमा सुन्दरहरैचा नेकपा (एस) ले ध्यानाकर्षण गराएको छ ।

केही दिनदेखि बढेका अत्यधिक गर्मी को समयमा छिनछिनमै बत्ती काट्दा नागरिकको जनजीवन कष्टकर भएको भन्दै नेकपा (एस)ले आईतबार प्राधिकरण कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको हो । अनियमित विद्युत कटौतिले व्यापार व्यवसाय र उद्योगहरु साथै नागरिकको जनजीवन प्रभावित भएको भन्दै प्राधिकरणको ध्यानाकर्षण गराइएको नेकपा ९एस० सुन्दरहरैचाका अध्यक्ष महेश आचार्यले बताए ।

तपाईको प्रतिक्रिया