बारेकोटमा चट्याङ लागेर एक जनाको मृत्यु

जाजरकोट / जिल्लाको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिबार बेलुकी पाँच बजे परेको चट्याङले बारेकोट गाउँपालिका–१ रामीडाँडाकी १६ वर्षीया सम्झना गिरीको ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार बेलुकी अन्दाजी ५ बजेतिर गोठालो गएको बेला रामीडाँडा चौरमा चट्याङ लागेर उनको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया