राप्रपा नेता घिमिरेको निधन

इटहरी / राजनीतिक एवम् सामाजिक व्यक्तित्व राम प्रसाद घिमिरेको ८८ वर्षका उमेरमा बुधवार बिहान निधन भएको छ । इटहरी ९ स्थित निवासमा उनको निधन भएको हो । उनी इटहरी वडा नम्बर ९ का पुर्व वडाअध्यक्ष समेत हुन ।

सामाजिक क्षेत्रमा सक्रिय घिमिरेले तत्कालीन इटहरी उपमहानगरपालीका वडा न ८ को वडा अध्यक्षको जिम्मेवारी समेत समालेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टिकाे कुसल सङ्गठक घिमिरेको हक्की र स्पष्टवक्ता स्वभावलाई धेरैले मन पराउँने गर्दथे ।

सामाजिक र राजनितीक क्षेत्रमा सक्रिय उनी नेपालमा राजसस्थाको आवश्यक्ता छ भन्दै जनजनमा राजसंथाको महत्व बुझाउने अभियानमा जोडीएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीका जिल्ला अध्यक्ष दुर्गा बहादुर बस्नेतले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टी ईटहरीले कुसल तथा सम्मानीत अभिभावक गुमाएको राप्रपाका केन्द्रीय सदस्य रामु पोखरेलकाे भनाइ रहेकाे छ ।

तपाईको प्रतिक्रिया