झापाका बिष्ट दम्पतीको एउटै चितामा अन्त्येष्टि

झापा / साउन १२ गते राति १० बजे झापाको कनकाई नगरपालिका-३ का ४३ वर्षीय पूर्ण बहादुर विष्ट र उनकी श्रीमती भिमा कार्की विष्टको मृत्यु भयाे । मंगलबार विहानै भेडेटार घुम्न गएका विष्ट दम्पती सुरुङ्गास्थित घर फर्कने क्रममा राति १० बजे दुर्घटनामा परे ।

झापा दमक-९ स्थित शान्ति मार्ग नजिकै पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको उनीहरुकाे मोटरसाइकललाई ठक्कर दिए थियाे । गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । बिष्ट दम्पतीको एउटै चितामा अन्त्येष्टि गरिएकाे छ । बिष्ट सुरुङ्गास्थित होटल हेवनका संचालक समेत रहेका थिए ।

तपाईको प्रतिक्रिया