छोरा कुट्ने सौतेनी आमाको अदालतबाट म्याद थप

इनरुवा / निर्घात छोरा कुट्ने सौतेनी आमालाई पक्राउ गरेको प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले सौतेनी छोरा कुट्ने इटहरी १९ की २५ वर्षिया रोशिका राईलाई पक्राउ गरी अुनसन्धानको प्रकृया अघि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सौतेनी आमाको कुटाइबाट १२ वर्षिय बालकको शरीरमा चोटपटक लागेको छ । बालकमाथि पटक–पटक शारीरिक तथा मानसिक यातना दिएको उजुरीका आधारमा सौतेनी आमालाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट ५ दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीले कुटपिटमा संलग्न सौतेनी आमा राई विरुद्ध बालबालिका बिरुद्धको हिंसा सम्वन्धि कसुरमा म्याद थप गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया