बहिनीले काटेकाे रूखकाे हाँगाले लागेर दिदिकाे मृत्यु

धनकुटा / धनकुटामा बहिनीले काटेकाे रूखकाे हाँगाले एक महिलाकाे मृत्यु भएकाे छ । महालक्ष्मी नगरपालिको–२ हिलेखर्क बस्ने ५७ बर्षीया टंक माया पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको हाे ।

आइतबार दिउँसो ३ बजे बारीमा घाँस काटिरहेको अवस्थामा १५ बर्षीया बहिनी कमला गुरुङले रुख ढाल्दा हाँगाले लागेर गम्भीर घाईते भएकी टंकमायाको सैनिक अस्पताल ईटहरीमा उपचारको क्रममा बेलुका ९ बजे मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय धनकुटाले बताएकाे छ ।

तपाईको प्रतिक्रिया