आफ्नै छोराले कुटपिट गरि घाईते भएका बुबाको मृत्यु

ईलाम / इलाममा आफ्नै छोराले कुटपिट गरि घाईते भएका बुबाको मृत्यु भएकाे छ । इलाम देउमाई नगरपालिका २ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाईबाट मृत्यु भएको हाे ।

गत श्रावण ७ गते आफ्नै छोरा ३४ बर्षीय गिर्जमान मुखियाले घरयासी बिबादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरि घाईते बनाएका थिए । घाईतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घर तर्फ फिर्ता ल्याउने क्रममा हिजो राती ९ बजे मृत्यु भएको हो । कुटपिट गर्ने गिर्जमानलाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरि अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाएको प्रहरीले बताएकाे छ ।

तपाईको प्रतिक्रिया