मोरङको सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

इटहरी / मोरङको सुन्दरहरैचा नगरपालिका-६ मा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे १ बजे बसकाे ठक्करबाट मोटरसाईकल चालक बिराटनगर महानगरपालिका-३ का २० बर्षीय अजय सहनीको भएकाे हाे ।

घाइते सहनीको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०८ नम्बरको बसलाई सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १-०२-०४२ प ९५६१ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठोक्किएकाे थियाे ।

तपाईको प्रतिक्रिया