भिरबाट लडेर १ जनाको मृत्यु

खोटाङ / खोटाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएकाे छ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका -११ राजापानी मापाचुलीका ५६ बर्षीय राम बहादुर कार्की भिरबाट लडी मृत्यु भएको हाे ।

हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको आफ्नै दाईको खरबारीमा पुरानो सुकेको खर आगो लगाई निभाउने क्रममा भिरबाट लडि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया