धरन / धरान स्थित पालिका बजारमा आगलगी हुँदा ११ वटा पसल जलेर नष्ट भएका छन् । धरान उपमहानगरपालीका ३ स्थित पालीका बजारमा आज सोमवार विहान ४ः३० बजे आगलगी हुँदा कल्पना तामाग, रमा चौहान खतिवडा, अनिता आचार्जु, वसिम श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, प्रविना लिम्बु, इन्दिरा श्रेष्ठ, मिरा निरौला, सुरेन्द्र चौधरी, लालबहादुर राई र यामकुमार विकको पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताएका छन् । आगलागिमा करिव ५२ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागि धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको छ । स्थानीयहरुले भने दमकल समयमा नआएकै कारण ठूलो क्षति भएको बताएका छन् । पालिका तरकारी बजारमा फलफुल तथा कोल्डड्रिंग्स पसल सञ्चालन गरेकी ज्ञानु बस्नेतले आगलागीबाट आफूहरुको व्यापार व्यवासय नै सखाप भएको बताएका छन् ।
सोही स्थानमा कस्मेटिक दोकान सञ्चालन गर्दै आइरहेका रमा चौहान खतिवडा र सविना वेघा खनालले आफूहरुको मात्र आगलागीबाट ८ देखि १० रुपैया क्षति भएको बताए । उनीहरुले समयमै दमकल आइदिएको भए यती ठूलो क्षति नहुने बताएक छन् । आगलागीबाट आफूहरुको सर्वस्व गुमेको र गरिखाने बाटो नै सकिएको पीडितहरुले बताएका छन् ।