धरान / लगातारको बर्षाले धरानमा पहिरो र कटानका कारण धेरै क्षति पुगेको छ । तीन दिनदेखिको लगातारको बर्षाले धरानको सर्दु तथा सेउती खोलामा आएको बाढीले सुकुम्बासीका २६ वटा बस्तीमा क्षति पु¥याएको छ । सुकुम्बासी बस्तीका १८ घरमा क्षति पु¥याए पनि १० घर भने पूर्ण रुपमा क्षति भएको नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय संयोजक कुमार कार्कीले बताए ।
यस्तै लगातारको बर्षाकै कारण धरान ३ र १५ को बीचमा रहेको विनोद मगरको भान्सा घर पहिरोमा पुरिएको छ । अघिल्लो बर्ष पनि सोही ठाउमा पहिरोले क्षति पु¥याए पछि दीर्घकालीन समस्या समाधानका लागि धरान उपमहानगर पालिकालाई जानकारी गराएको पीडित मगरले बताए । यसैगरी सर्दु खोलामा आएको बाढीले धरान १६ स्थित निर्माणाधिन तारा सुब्बा स्मृति पार्कको वाल भत्काएको छ । राती सर्दुमा आएको बाढीले धरान १६ को नौलो बस्तीमा निर्माणाधिन पार्कको जग्गा संरक्षण गर्न निर्माण गरिएको वालको ४ वटा सेट भत्काएको धरान १६ का वडाअध्यक्ष दिलकुमार गिरीले बताए ।
बर्षाले लगातार वितण्डा मच्चाउदै गएका कारण सबैभन्दा बढी सुकुम्बासी रहेको समाजका संयोजक कार्कीले बताए । उनले यस विषयमा पटक पटक स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारलाई ध्यानाकर्षण गराउदा समेत कुनै सुनुवाई नभएको बताए । उहाले अझै निरन्तर यस्तै बर्षा भइराखे धरानमा रहेका ६४ बस्ती सुकुम्बासीका १ हजार घर जोखिममा पर्ने बताए ।