बराह इण्डिष्ट्रिजद्वारा काेराेना राहत कोषमा १९ लाख रुपैया सहयोग

धरान / विपत्तका समयमा धरान उपमहानगरपालिकाले सञ्चालन गरेको कोराना नियन्त्रण, उपचार तथा राहत कोषमा विभिन्न व्यवसायिक फर्महरुले सहयोग गर्न थालेका छन् ।

विपतका समयमा आफूले आर्जन गरेको सानो रकम सहयोग गर्दा अहिलेको विषम परिस्थितिमा केही राहत मिल्ने भन्दै कोषमा जम्मा गर्नेको संख्या बृद्धि हुदै गएको हो ।

पछिल्लो समय आफूले आर्जन गरेको केही रकम सामाजिक कार्यमा खर्चिदै आएको बराह ग्रप प्रा.लि.ले कोषमा १९ लाख रुपैया सहयोग गरेको छ । बराहले स्थानीय सरकारको राहत कोषमा ७ लाख ६० हजार र संघीय कोषमा ११ लाख ४० हजार गरी १९ लाखको चेक धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई हस्तान्तरण गरिएको हो ।

चेक हस्तान्तरण गर्दै बराह ग्रुपका अध्यक्ष शिव लामिछानेले आफूहरुले आर्जन गरेको रकम पनि नेपालीहरुको सहयोगकै कारण भएको बताउदै अहिले नेपालीलाई परेको विपत्तिमा थोरै भएपनि मल्हम लगाउन सकिन्छ भन्ने अभिप्रायले सहयोग गरेको बताउनुभयो ।

रकम प्राप्त गरेपछि धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बराहको सहयोग गर्ने सोचप्रति नगरपालिका आभारी भएको बताउनुभयो । उहाले सहयोगी हातहरु ध्माधम बढ्न थालेसंगै यो विपत्तका समयमा स्थानीय सरकार एक्लै नभएको धरानमा व्यवसायिक फर्म, बुद्धिजीवि तथा विभिन्न दाताहरुले सहयोग पु¥याउदै गएको बताउनुभयो । उहाले यस्तो विपत्तको घडीमा सबैले हातमा हात मिलाएर जानुपर्ने बताउनुभयो ।

उहाले धरानको राहत कोषमा हालसम्म २९ लाख ६० हजार रुपैया जम्मा भइसकेको समेत जानकारी दिनुभयो ।

धरानमा मुख्य कार्यालय परिकल्पनाकार स्व. इन्द्र लामिछानेले शुरु गर्नुभएको बराह इण्डिष्ट्रिज प्रा.लि. अहिर्ले देश तथा विदेशमा समेत सञ्चालन हुदै बराह ग्रुप भएको छ । यसले बार्षिक उत्सवमा अहिले खेलकुद, सेवाग्राहीलाई लक्की ड्रमार्फत स्कुटी, सबै भन्दा बढी सामान खरिद गर्नेलाई सहयोगमात्र हैन धरान लगायत आसपासमा भएका खेलकुदका कार्यक्रम, रक्तदान कार्यक्रम लगायतका धेरै सामाजिक कार्यमा सहयोग पु¥याउदै आएको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

वी.पी. प्रतिष्ठानकाे डिनमा प्रा.डा. शिवेन्द्र झा नियुक्त

वीपी प्रतिष्ठानमा निशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरु

स्वास्थ्य सामाग्री वितरण गर्दै बराह ग्रुपले मनायाे आफ्नो २६ औं बार्षिकोत्सव

धरानमा लकडाउन थप एक साता बढाइयो

धरान स्थित पालिका बजारमा आगलगी हुँदा ११ वटा पसल जलेर नष्ट, पिडित भन्छन् समयमा दमकल नआएकै कारण ठूलो क्षति (तस्विरहरू सहित)

बुद्धचौकमा चिन्डो प्रतिमा अनावरण

धरानमा गाजा विक्री वितरण गर्ने एक जना पक्राउ

खैरो हिरोइनसहित धरानमा तीन जना पक्राउ

धरानमा पहिरो र कटानले धेरै क्षति, दीर्घकालीन समाधान नहुदा जोखिम बढ्दै

धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

तपाईको प्रतिक्रिया