धरान / फरार एक युवकलाई धरान प्रहरीले पक्राउ गरेकोे छ । धरान १४ विजयपुर बस्ने बर्ष १९ एल्बिस राईलाई प्रक्राउ गरिएको धरान प्रहरीले जानकारी दिएको छ । प्रक्राउ परेका एल्बिसले ०७६ कार्तिक २९ गते धरान १४ विजयपुरका प्रथम श्रेष्ठको मोवाइल, पर्स र नगद लुटपाट गरेका थिए । फरार रहेका उनलाई चैत्र १ गते विजयपुरबाट धरान प्रहरीले प्रक्राउ गरेको थियो ।
प्रक्राउ परेका एल्बिसलाई जिल्ला अदालत सुनसरीले ८० हजार धरौटी माग गरे पनि बुझाउन नसक्दा उनी थुनामा रहेका थिए । थुनामै रहेको अवस्थामा फरार रहेका उनको व्यापक खोजी कार्य गर्ने क्रममा शनिवार प्रक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।