धरानमा लाागू औषधसहित दुई जना पक्राउ

धरान / लाागू औषधसहित मंगलबार दुई जनालाइ ध्रान प्रहरीले प्रक्राउ गरेका छ । धरान ५ का सूर्यबहादुर राई र बेलबारी नगरपालिका बयरबन ४ बस्ने रितेश धिमाललाई प्रहरीले लागू औषधसहित छुट्टाछुट्टै स्थानबाट प्रक्राउ गरेको हो ।

धरान १५ स्विमिङ पुल लाइनमा डेरा गरी बस्ने ४२ बर्षीय सूर्यबहादुर राईलाई प्रहरीले शंका लागि डेरामा खोजतालास गर्दा प्लाष्टिक र कागजमा प्याकिङ गर राखेको अवस्थामा ४ केजी गाजा र १० हजार नगद सहित प्रक्राउ गरेका हो भने २१ बर्षीय रितेश धिमालालाई भने धरान ८ दुर्गा चौकबाट प्रक्राउ गरेको हो ।

शंका लागि शरीर र झोला चेक गर्ने क्रममा धिमालको साथबाट नाइट्रोसन १० लेखिएको २५ ट्याब्लेट, डाइलेक्स डिसी एक बोतलसहित प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो । प्रक्राउ गरेका दुवैलाई लागू औषध अन्तर्गत म्याद थप गरी अनुसन्धान शुरु गरेको डिएसपी न्यौपानेले बताउनुभयो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

वी.पी. प्रतिष्ठानकाे डिनमा प्रा.डा. शिवेन्द्र झा नियुक्त

वीपी प्रतिष्ठानमा निशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरु

स्वास्थ्य सामाग्री वितरण गर्दै बराह ग्रुपले मनायाे आफ्नो २६ औं बार्षिकोत्सव

धरानमा लकडाउन थप एक साता बढाइयो

धरान स्थित पालिका बजारमा आगलगी हुँदा ११ वटा पसल जलेर नष्ट, पिडित भन्छन् समयमा दमकल नआएकै कारण ठूलो क्षति (तस्विरहरू सहित)

बुद्धचौकमा चिन्डो प्रतिमा अनावरण

धरानमा गाजा विक्री वितरण गर्ने एक जना पक्राउ

खैरो हिरोइनसहित धरानमा तीन जना पक्राउ

धरानमा पहिरो र कटानले धेरै क्षति, दीर्घकालीन समाधान नहुदा जोखिम बढ्दै

धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

तपाईको प्रतिक्रिया