उदयपुरमा छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

उदयपुर / छोरी बलात्कारको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिकाका ४५ वर्षीय बुबा पक्राउ परेका छन् । केही दिनअघि १२ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै आमाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि बुबा पक्राउ परेका हुन् ।

पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले बताए ।

तपाईको प्रतिक्रिया